दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

लोकपथ
259
Shares

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुत्त गर्न आदेश दिएको छ ।

आइतबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

राष्ट्र, राष्ट्रियता, धर्मसंस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईँले मंसिर ७ गते (आज) का लागि आन्दोलनको घोषणा गरेका थिए । प्रसाईँले सरकार र मन्त्रीहरुमाथि समेत विभिन्न आरोप लगाएका थिए ।

आन्दोलनको घोषणा गर्दै प्रसाईँले सामाजिक सद्भाव भड्किने किसिमका अभिव्यक्ति दिएको भन्दै उनलाई मंसिर २ गते मध्यरात भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो ।

त्यसो त सरकार र प्रसाईँ पक्षबिच शनिबार नै सहमति भइसकेको छ । प्रसाईँ पक्षले आन्दोलनलाई शान्तपूर्ण अघि बढाउने प्रतिवद्धता जनाएको भन्दै थुनामा राख्नुको औचित्य समाप्त भएको जनाउँदै थुनामा राख्नुपर्ने कारण नरहेको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?