सबै मिलेर देश परिवर्तन गर्न आवश्यक छ : हर्क साम्पाङ

लोकपथ
91
Shares

भोजपुर ।  श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सबैले मिलेर देश परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । 

स्थानीय टुँडिखेलमा आज आयोजित कार्यकर्ता भेला तथा सङ्गठन विस्तार कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले श्रम बिना परिवर्तन सम्भव नभएकाले सबै शक्ति मिल्न जरुरी रहेको धारणा राखे । 

देशको जनशक्ति नै युवाशक्ति भएकाले युवाको सही प्रयोग हुन आवश्यक रहेकाे बताए । ‘युवाले आफूहरू कसरी र कोबाट परिचालन भइरहेका छौँ भन्ने बुझन आवश्यक छ, ‘अध्यक्ष साम्पाङले भने ।

युवाले अब श्रम गरेर पसिना बगाउन आवश्यक रहेको उनको भनाइ थियो । अध्यक्ष साम्पाङले अबका दिनमा सबै सच्चिन आवश्यक रहेको बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?