काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप) जेनजी आन्दोलनको प्रत्यक्ष उपज भएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित घोषणा सभालाई सम्बोधन गर्दै उनले प्रलोपलाई जेनजी पुस्ताको पार्टीका रूपमा बुझ्नुपर्ने धारणा राखे ।
भट्टराईका अनुसार जेनजी पुस्ताको आवाज, चेतना र मागलाई सम्बोधन गर्न नसक्ने हो भने पार्टीको अस्तित्व नै अर्थहीन हुने छ । ‘यो पार्टी भनेको जेनजी आन्दोलनको उपज हो। जेनजी पुस्ताको पार्टी हो भनेर बुझ्न जरुरी छ, ‘भट्टराईले भने ।
उनले पार्टीले नयाँ पुस्ताको भावना, युगको माग र परिवर्तनको लहरलाई आत्मसात् गरेर अघि बढ्नुपर्ने बताउँदै पुराना पार्टीहरू र नेताहरूले मात्र सुधार गरेर सम्भव नहुने उल्लेख गरे । भट्टराईका अनुसार अब देशमा समग्र राजनीतिक संरचनामै पुनर्संरचना आवश्यक छ ।
भट्टराईले जेनजी पुस्ताको माग तथा आवाजलाई संस्थागत रूपमा सम्बोधन गर्दै अघि बढे मात्र नयाँ पार्टीले प्रभावकारी भूमिका खेल्न सक्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया