काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्क नजिकै सडक किनारमा भेटिएको शव तेस्रो लिंगीको रहेको खुलेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार शवको सनाखत हुन नसकेकोले अनुसन्धानमा समस्या परेको छ ।
प्रहरी टोली घटनास्थल पुगेको थियो र घटनास्थलको मुचुल्का गर्दा शव पोकोमा बरेर राखिएको अवस्थामा फेला परेको थियो ।
प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले हत्याको सम्भावना समेत दृष्टिगत गर्दै अनुसन्धान अघि बढाएको छ । शव कुनै हतियारबाट काटिएको वा टुक्रा पारिएको अवस्थामा नभई सिंगो अवस्थामा फेला परेको बताइएको छ ।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । प्रहरीले सनाखत र घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया