काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दामा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतले न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा सुनवाइका लागि पेसी तोकेको हो ।
अधिवक्ता प्रतिभा उप्रेती र प्रेम सिलवालले प्रधानमन्त्रीमाथि निवेदन दायर गरेका थिए । उनीहरूले सरकारले राजदूत फिर्ता बोलाउने निर्णयमाथि सर्वोच्चले दिएको अन्तरिम आदेश पालना नगरेको आरोप लगाएका छन् ।
सरकारले असोज ३० गते अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
तर सर्वोच्चले १६ कार्तिकमा तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । यसपछि सबै राजदूतहरू परराष्ट्र मन्त्रालयमा उपस्थित छन् । अब अदालतले तोकेको पेसीअनुसार मुद्दाको विस्तृत सुनुवाइ अघि बढ्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया