विराटनगरको बलिङमा धमाका, काठमाडौं गोर्खाज १३४ रनमै रोकियो

लोकपथ
133
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित टीयू मैदानमा विराटनगर किंग्सले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै काठमाडौं गोर्खाजलाई १३४ रनमै समेटेको छ । टस जितेर पहिले बलिङ रोजेको विराटनगरले सुरुदेखि नै विपक्षी टिममाथि दबाब सिर्जना गर्‍यो ।

पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ७ विकेट गुमाउँदै १३४ रन मात्र बनाउन सक्यो । टोलीका लागि आदिल आलमले २५ बलमा ४ चौका र २ छक्कासहित अविजित ४८ रन बनाए । ओपनर बेन चार्ल्सवर्थले ३३ बलमा ३२ रन जोड्दा सन्तोष यादवले २४ बलमा २६ रनको योगदान गरे ।

बलिङतर्फ मर्चेन्ट डे लाङ सर्वाधिक प्रभावशाली बने-४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए। कप्तान सन्दीप लामिछाने, शुभम रन्जाने र सूर्य तामाङले समान १-१ विकेट हात पारे ।

काठमाडौंको सुरुवात कमजोर रह्यो । १३ रनमै ३ विकेट गुमाएको टिमले पावर प्लेमा मात्र २२ रन जोड्यो । त्यसपछि चार्ल्सवर्थ र सन्तोष यादवले टिमलाई सम्हाल्ने प्रयास गरे । पछि सन्तोष र आदिलबीच छैटौँ विकेटका लागि ४६ रनको साझेदारी भयो । सन्तोष आउट भएपछि आदिलले जोन सिम्पसनसँग ३३ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याए ।

विराटनगर अब लक्ष्य पछ्याउने क्रममा काठमाडौँमाथि दबाब कायम राख्न तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?