काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मंसिरमा विशेष महाधिवेशन गर्नु ‘निर्विकल्प’ भएको बताएका छन् ।
शनिबार बसेको केन्द्रीय समितिको बैठकले निर्णय गर्न नसके पनि नियमित अधिवेशनको समय भ्याइनभ्याइ भएकाले मंसिर २७–२८ गते विशेष महाधिवेशन गर्नैपर्ने उनले स्पष्ट गरे ।
महामन्त्री थापाले कांग्रेस आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुने घोषणा गरे । साथै चुनावमा भाग नलिने भनिरहेका दलहरुसँग संवादमार्फत निर्वाचनमा ल्याउने प्रयास कांग्रेसले गर्ने पनि बताए ।
उनका अनुसार राजनीतिक दलहरूले निर्वाध गतिविधि गर्न पाउनुपर्ने वातावरण बनाउन सरकार गम्भीर छैन । ‘हातहतियार बाहिर छन्, कैदीहरू फरार छन् । राजनीतिक दलहरूले निर्वाध रूपमा गतिविधि गर्न पाउनुपर्छ,‘उनले भने
थापाले कांग्रेसले शान्तिको राजनीतिको नेतृत्व गर्नुपर्ने र अहिलेको जटिल अवस्थाबाट निस्कन फागुन २१ को निर्वाचन नै एक मात्र विकल्प भएको दाबी गरे ।
उनले केही दल तथा समूहहरूले उत्तेजना र प्रतिशोध फैलाइरहेको भन्दै त्यसविरुद्ध कांग्रेस दृढतापूर्वक उभिने पनि बताए ।
उनले भने, ‘नेपाली कांग्रेसले आजका निर्णयहरूको भारी बोकेर शिर अग्लो बनाएर अघि बढ्न विशेष महाधिवेशन अनिवार्य छ । आजका निर्णयलाई नयाँ नेतृत्वले नयाँ नीतिसहित अघि बढाउन सक्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया