काठमाडौं । प्रतिनिधि सभा विघटन र निर्वाचन घोषणा भएपछिको मतदाता संकलनमा ठुलो वृद्धि भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म ८ लाख ३७ हजार ९४ जना नयाँ मतदाता नामावलीमा थपिएका छन् ।
मतदाता संकलन प्रक्रिया ९ असोजदेखि ५ मंसिरसम्म सञ्चालन गरिएको थियो। यसमा पुरुष मतदाता ४ लाख ७३ हजार ३४५, महिला ३ लाख ६३ हजार ७७८, र अन्य ६१ जना रहेका छन् ।
आयोगका अनुसार नियमित प्रक्रियाबाट ३ लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक प्रणालीबाट ४ लाख ९२ हजार १८० मतदाता थपिएका हुन् ।
यसअघि १६ कात्तिकसम्म कुल मतदाता संख्या १ करोड ८१ लाख ६८ हजार २३० थियो । यस वृद्धि पछि आगामी निर्वाचनमा मतदाताको संख्या अझ बढी हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया