निधीको प्रस्ताव : ‘पहिला निर्वाचन, त्यसपछि महाधिवेशन गरौँ’

लोकपथ
126
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले पार्टीको १५औँ महाधिवेशन तत्काल नगर्नुपर्ने बताएका छन् । नेपाल महिला संघले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले वर्तमान प्राथमिकता प्रतिनिधि सभा निर्वाचन भएको बताएका हुन् ।

निधीले भने, ‘अहिले निर्वाचनलाई नै प्राथमिकता दिऊँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन सम्पन्न भइसकेपछि वैशाखमा गरौँ । त्यसैअनुसार तयारीमा हामी सबै लागौँ ।’

पछिल्ला समयमा कांग्रेसभित्र महाधिवेशनको विषयमा विवाद उत्कर्षमा पुगेको छ ।  कार्य तालिकामा सहमति नजुट्दा पार्टीको केन्द्रीय समिति बैठक पनि निष्कर्षमा पुग्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?