बारामा एमाले कार्यकर्ता र जेनजी समूहबिच झडप, विमानस्थल क्षेत्रमा कर्फ्यू

लोकपथ
2.2k
Shares
सांकेतिक फाइल तस्बिर

काठमाडौं । बाराको सिमरा विमानस्थल क्षेत्रमा कर्फ्यू लगाइएको छ । त्यहाँ बुधबार बिहान नेकपा एमालेका कार्यकर्ता र जेनजी युवाहरुबिच झडपको स्थिति सिर्जना भएको थियो ।

एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत त्यसतर्फ जाने सूचना पाएसँगै जेनजीको एउटा समूहले विमानस्थल आसपास विरोध जनाएको थियो । त्यसको प्रतिकारमा एमालेका कार्यकर्ताहरु सडकमा उत्रिएपछि केही जेनजी युवाहरु घाइते समेत भएका छन् ।

थप विरोध र तोडफोड हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बाराले विमानस्थल आसपास क्षेत्रमा राति ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ ।
प्रशासन कार्यालयका अनुसार गण्डक नहरदेखि पथलैया सडकखण्ड, राजमार्गको दाँयाबाँया ५ सय मिटर, सिमरा विमानस्थलको वरिपरि ५ सय मिटरसम्म कर्फ्यू लगाइएको हो ।

कर्फ्यूको अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव बहान, स्वास्थ्यकर्मीका सवारीसाधनहरु, सञ्चारकर्मीहरु, पर्यटक सवारीसाधनहरु, मानवअधिकार तथा कुटनीतिक नियोगका सवारीसाधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुहरुको सुरक्षाकर्मीबाट सहजीकरण हुने बताइएको छ । अन्यथा अन्यको हकमा भने सो क्षेत्रमा प्रवेश निषेध गरिएको छ ।

यो पनि…

शंकर पोखरेल र महेश बस्नेत जाने भएसँगै बारामा प्रदर्शन, काठमाडौंमै रोकियो उड्न लागेको जहाज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?