२८ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
252
Shares

काठमाडौं । नेपाली बजारको सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य  तोलामा २ हजार ८ सय रुपैयाँले बढेको हो । 

अघिल्लो दिन २ लाख ३९ हजार ५ सयमा कारोबार भएको  सुनको मूल्य आज २ लाख ४२ हजार ३ सय रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ । 

सुनको भाउ पछिल्ला केही दिनमा उच्च उतारचढाव भइरहेको छ । 

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३०९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३१५० रुपैयाँ पुगेको छ । असोज ३१ गते चाँदीको भाउले ३३५० रुपैयाँको रेकर्ड बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?