प्रधानमन्त्री कार्कीद्वारा सर्वदलीय बैठक आह्वान

लोकपथ
336
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारका हालसम्मका काम कारबाहीबारे जानकारी दिन सर्वदलीय बैठक आह्वान गरेकी छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सबै दलसमक्ष प्रगति विवरण प्रस्तुत गर्ने उद्देश्यले बैठक बोलाइएको हो ।

निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दललाई उपस्थित हुन निमन्त्रणा गरिएको छ । बैठकमा सरकारको हालसम्मको गतिविधि, निर्णय र आगामी योजनाबारे दलहरूलाई जानकारी गराइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?