एनपीएल : आज काठमाडौं र सुदूरपश्चिम आमनेसामने

लोकपथ
560
Shares

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज काठमाडौं गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच रोमाञ्चक भिडन्त हुँदैछ । काठमाडौं दोस्रो जितको खोजीमा रहनेछ भने सुदूरपश्चिम प्रतियोगितामा विजयी सुरुआत गर्ने लक्ष्यमा छ ।

उद्घाटन खेलमा काठमाडौंले साविक च्याम्पियन जनकपुर बोल्ट्सलाई पराजित गर्दै सकारात्मक सुरुवात गरेको थियो । काठमाडौंलाई कप्तानकरण केसी नेतृत्व गर्दै छन् । उनको टोलीमा भीम सार्की, मोहम्मद आदिल आलम, शाहब आलम, बेन चाल्र्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम थापा मगर (विकेटकिपर), सन्नी पटेल, जोन सिम्पसन (विकेटकिपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुलबहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर), सन्तोष यादव र सोनु देवकोटा रहेका छन् ।

त्यस्तै, सुदूरपश्चिम रोयल्सको कप्तानी नेपाली राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले गरेका छन् । उनको टोलीमा विनोद भण्डारी (विकेटकिपर), अविनाश बोहरा, दीपक बोहरा (विकेटकिपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, इशान पाण्डे, टेक रावत (विकेटकिपर), नरेन साउद, हर्मित सिंह, आरिफ शेख, दीपेन्द्र थापा (विकेटकिपर) र हिम्मत महरा छन् ।

काठमाडौंको प्रशिक्षकको भूमिकामा नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक मोन्टी देशाइ छन् भने सुदूरपश्चिम रोयल्सलाई जगत टमाटाले प्रशिक्षण गराइरहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मङ्सिर १ गतेदेखि सुरु भएको एनपीएलमा आठ टोलीको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?