जेनजी आन्दोलन : २४ सय बढी घाइतेलाई जनही १५ हजार राहत दिने सरकारको निर्णय

लोकपथ
182
Shares

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका २ हजार भन्दा बढी घाइतेहरुलाई जनही १५ हजारका दरले राहत रकम उपलब्ध गराउने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

उनका अनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका २ हजार ४ सय २९ जनालाई तत्काल राहत रकम उपलब्ध गराउने निर्णय भएको हो ।

‘जेनजी प्रदर्शनका क्रममा घाइते भएका २ हजार ४ सय २९ जनालाई १५ हजार रुपैयाँ तत्काल राहत रकम उपलब्ध गराउने निर्णय भएको छ,’ प्रवक्ता खरेलले भने ।

त्यस्तै उपल्लो मुस्ताङ क्षेत्रमा पदयात्रा गर्ने विदेशी नागरिकका लागि पदयात्रा दस्तुर प्रतिदिन ५० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा कायम हुने गरी अध्यागमन नियमावली संशोधन गरिएको छ । सरकारले रिक्त रहेको शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना कुमारी श्रेष्ठ (नवलपरासी) लाई तोक्ने निर्णय भएको समेत प्रवक्ता खरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?