राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइटमा समस्या

लोकपथ
112
Shares

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइटमा प्राविधिक समस्या देखा परेको छ ।

विभागकका अनुसार वेबसाइटमा केही त्रुटि आएको र त्यसको समाधानका लागि प्राविधिक टोली सक्रिय रूपमा काम गरिरहेको छ । हाल वेबसाइटमा पहुँच गर्दा विभिन्न इरर कोड देखिएको र सामान्य प्रयोगकर्ताले सेवा लिन असमर्थ रहेको छ ।

विभागले आवश्यक परेमा सेवामा बाधा आउन सक्ने भएकाले प्रयोगकर्तालाई केही समय पर्खन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?