काठमाडौं । इटहरी उप-महानगरपालिका-१२ का नसिव फार्मेसी सञ्चालक लागुऔषधसहित पक्राउ परेका छन् । नसिव नारायण चौधरी र उनकी श्रीमती सम्झना चौधरी पक्राउ परेका हुन् ।
फार्मेसीमा ट्राम डोल विक्री वितरण गर्दैछ भनी विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी नार तथा लागु औषध जिल्ला प्रहरी कार्यालय भोजपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
चौधरीलाई पक्राउ गरी उनको घरमा खानतलासी गर्दा उनको श्रीमतीले सिमेन्टको २ वोरा घरको छत माथिबाट फाल्दै गरेको अवस्थामा देखि फालिएको बोराहरू चेकजाँच गर्दा उक्त बोरा भित्र लागु औषध भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्राम डोल १ हजार ९८० पत्तामा १९ हजार ८०० क्याप्सुल र कोठाको टेबलबाट प्रतिबन्धित औषधी ४०० पत्तामा ४ हजार ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ । दुवैलाई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया