मधेस प्रदेशका सभामुख मण्डललाई सर्वोच्चको झट्का, ५ सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश

लोकपथ
266
Shares

काठमाडौं । मधेस प्रदेशका ५ सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ ।

सोमबार न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले कारण देखाउसहित अल्पकालीन आदेश जारी गरेको हो । 

सभामुख मण्डलले गत कात्तिक २७ गते जसपाका ४ र नागरिक उन्मुक्तिका १ गरी पाँच सांसदलाई पदमुक्त गरेका थिए ।

आफूविरुद्ध सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेसँगै सभामुख मण्डलले लगातार १० वटा बैठकमा अनुपस्थित भएको भन्दै मनिषकुमार सुमन(सप्तरी), सिंगासन सा कलवार (पर्सा), सञ्जयकुमार यादव (सर्लाही), शंकरप्रसाद कलवार (बारा) र उर्मिलादेवी सिंह (सर्लाही) लाई पदमुक्त घोषणा गर्दै सूचना टाँस्न लगाएका थिए । भोलिपल्टै उपसभामुखले प्रतिशोध साँधेको भन्दै उक्त निर्णय बदर गरिएको सूचना निकालेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?