नेपाल ट्रस्ट जग्गा भाडा प्रकरण : पूर्वसचिव कार्की पक्राउ

लोकपथ
413
Shares

काठमाडौं । प्रहरीले नेपाल ट्रस्टको जग्गा भाडा प्रकरणमा जोडिएका नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूराले कार्कीलाई आज पक्राउ गरेको हो । कार्कीमाथि नेपाल ट्रस्टको जग्गा यती समूहलाई भाडामा दिँदा राज्यलाई हानि पुर्‍याएको आरोप रहेको छ ।

ब्यूरोले दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा यती समूहलाई भाडामा दिँदा कम मूल्यमा सम्झौता गरेको आरोपमा अनुसन्धान गरिरहेको छ । कार्की नेपाल ट्रस्टको सचिव रहेका बेलामा सम्झौता भएको थियो । उक्त प्रकरणमा ब्युरोले यसअघि सचिव लेखबहादुर कार्कीलाई पक्राउ गरिसकेको छ ।

केपी शर्मा ओली प्रधानमन्त्री र ईश्वर पोखरेल रक्षामन्त्री रहेको अवस्थामा दुवैको दबाबमा ट्रस्टको जग्गा यतीलाई भाडामा दिएको आरोप रहेको छ ।

ट्रस्टको सञ्चालक समिति बैठकले दरबारमार्गको एक रोपनी १४ आना जग्गा भाडामा दिने योजनालाई २८ साउन २०७१ मा पहिलो पटक स्वीकृति प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?