काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि व्यंग्य गरेका छन् ।
प्रसाईँले केही समयअघि नयाँ व्यवस्था आएपछि सेना, प्रहरी र शिक्षकहरुको तलब एक लाख पुर्याइदिने दाबी गरेका थिए । साथै उनले २० लाख भन्दा मुनीका सबै ऋण मिनाहा गरिदिने समेत आश्वासन दिएका थिए ।
सोही विषयमा सामाजिक सञ्जालमा व्यंग्य गर्दै मन्त्री पुनले व्यंग्य गर्दै भनेका छन्, ‘साह्रै अचम्म लाग्यो । दुर्गा प्रसाईँ भाईले सेना, प्रहरी र शिक्षकहरुको तलब एक लाख रुपैयाँ पुर्याइदिने र २० लाख रुपैयाँ भन्दा तलको ऋण मिनाहा गरिदिने घोषणा गरेका रहेछन् । तलब बढाएपछि अरु सबैको पनि बढाउनुपर्यो । अनि ऋण मिनाहा गरिदिन पैसा चाहियो । त्यत्रो धेरै पैसा कहाँबाट ल्याउने रहेछन् ? पैसा उमार्ने जादु नै छ कि क्या हो दुर्गा भाईसँग ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया