पशुपतिनाथको चार किल्लामा मदिरा, मासु लगायत बेच्न र सेवन गर्न प्रतिबन्ध

लोकपथ
735
Shares
हेलिकप्टरबाट लिइएको काठमाडौँको पशुपति क्षेत्रको दृश्य

काठमाडौं । पशुपतिनाथ मन्दिरको चार किल्लामा मदिरा मासु लगायत मासुजन्य परिकार बेच्न प्रतिबन्ध लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बालाचतुदर्शी पर्व (शतविजारोपण पर्व) २०८२ लाई मध्यनजर गरेर सो प्रतिबन्ध लगाइएको हो ।

मंसिर १ गतेदेखि ३ गतेसम्म सो क्षेत्रमा मासु, मदिरा लगायत नसाजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

‘पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उदेश्यले देहायको चार किल्लाभित्र कसैले पनि मांस, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न समेत नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम पूर्ण रुपमा रोक लगाइएको छ,’ प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै उक्त कार्य गरेमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारबारही गरिने समेत प्रशासनले चेतावनी दिएको छ ।

जसमा पूर्वतर्फ पशुपति क्षेत्रको तिलगंगा, गुह्वेश्वरीतर्फको पूवी सिमाना, पश्चिमतर्फ गौशाला, मित्रपार्क, चक्रपथ सडक, उत्तरतर्फ मित्रपार्क, उमाकुण्ड, गौरीघाट, गुह्वेश्वरी सडक र दक्षिणतर्फ गौशाला, तिलगंगा तथा चक्रपथ सडकतर्फ रोक लगाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?