कालीमाटी तरकारी बजारको सरकारी भवन आगजनी गर्ने व्यक्ति पक्राउ

लोकपथ
539
Shares

काठमाडौं । जेनजी आन्दोलनको क्रममा कालीमाटी तरकारी बजारभित्र रहेको सरकारी प्रशासनिक भवनमा तोडफोड र आगजनी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका–१३ टंकेश्वर बस्ने ४१ वर्षीय विजय लामालाई प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले  शनिबार  कालीमाटीबाटै नियन्त्रणमा लिएको हो ।

प्रहरीले लामामाथि थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ । साथै, उनलाई यसअघि पनि सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्ध अभद्र व्यवहार मुद्दामा पाँच वटा र केही सार्वजनिक अपराध अन्तर्गत  २ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?