काठमाडौं । अवैध लागूऔषध खैरो हेरोइनसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमध्ये २ जना नेपाली र २ जना भारतीय नागरिक रहेको नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
ब्यूरोका सहप्रवक्ता डीएसपी चन्द्रभुषण यादवका अनुसार गत कार्तिक २६ गते काठमाडौं महानगरपालिका–१३ पनेरु गाउँबाट सप्तरीको राजविराज नगरपालिका–६ का रवि आनन्ददेवलाई पक्राउ गरिएको थियो । उनको कोठाबाट लागूऔषध खैरो हेरोइन २७२ ग्राम समेत बरामद गरिएको थियो ।
रविले दिएको बयानका आधारमा अन्य दुई भारतीय नागरिकलाई समेत पक्राउ गर्न ब्यूरो सफल भएको थियो । रविसँग खैरो हेरोइन कारोबारमा संलग्न भारतको हरिपुर अरारीका राजा कुमार र स्वस्तिक नगर जोगबनी अरारी ७ का २१ वर्षीय देवेन्द्र कुमार साह पक्राउ गरिएको थियो ।
उनीहरुले भारतीय नम्बर प्लेटको स्कर्पियो रिजर्भ गरी काठमाडौंसम्म ल्याई बिक्री गर्न लागेको अवस्थामा काठमाडौंको ढुंगे अड्डाबाट ५९२ ग्राम खैरो हेरोइन बरामद गरिएको यादवले बताए ।
त्यस्तै लागूऔषधका अर्का कारोबारीलाई समेत कार्तिक २७ गते ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको मोरङ शनिश्चरे नगरपालिका–८ का पुष्प मगर रहेका छन् । उनको साथबाट ९३ ग्राम खैरो हेरोइन बरामद गरिएको थियो ।
पक्राउ परेकाहरु उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको डीएसपी यादवले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया