दुर्गा प्रसाईँको नागरिक बचाउ दलले गर्‍यो निर्वाचन आयोग पुगेर सनाखत

लोकपथ
308
Shares

काठमाडौं । दुर्गा प्रसाईँको समर्थनमा नयाँ दल ‘नागरिक बचाउ दल, नेपाल’ निर्वाचन आयोगमा दर्ता भएको छ । दलको प्रस्तावित अध्यक्ष माधव कल्पितले सनाखत पत्र बुझाएका हुन् ।

कल्पितले आगामी प्रतिनिधि सभा निर्वाचनमा गरिब र नागरिकको मुद्दा लिएर चुनावी मैदानमा उत्रिने दाबी गरे । उनले दलको मुख्य एजेन्डा गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी रहेको बताएका छन् ।

कल्पितका अनुसार दल वैकल्पिक शक्तिको रूपमा जनताको पक्षमा संसद् भवन र सिंहदरबारसम्म पुग्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?