काठमाडौं । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले नगरवासीको सुरक्षा, दैनिक जीवन सुधार र आम्दानी सृजना सहयोग नगरपालिकाको मुख्य काम भएको बताएका छन् ।
आइतबार आयोजित कार्यक्रममा महर्जनले जेनजी आन्दोलनका बेला ललितपुरको दमकल सेवा केवल महानगरभित्र मात्र नभई काठमाडौंका महत्त्वपूर्ण स्थानहरूमा पनि प्रदान गरेको बताए ।
उनले भने, ‘सिंहदरबार, सर्वोच्च अदालत, हिल्टन होटल र संसद् भवनमा समेत ७९ पटक दमकल सेवा दिएको छ। हाम्रो दमकलमा फम प्रणाली छ, जसले आगो छिटो निभाउँछ ।’
महर्जनले आन्दोलनका क्रममा आगो निभाउन गएको दमकलमाथि समेत बाधा आएको र आगजनी भएको बताउँदै, अब अत्याधुनिक दुई वटा दमकल खरिद गर्ने निर्णय गरिएको बताए । उनले अपाङ्गता भएका व्यक्तिहरूका लागि प्रयोग हुने गाडीमा पनि आगजनी भएको उल्लेख गर्दै नयाँ गाडी अधिक सुरक्षित हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया