सुनको मूल्य एकैदिन ६ हजार ९०० रुपैयाँले घट्यो, तोलाको कति ?

लोकपथ
2.1k
Shares

काठमाडौं । आइतबार सुनको मूल्यमा उच्च गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  छापावाला सुन तोलामा ६ हजार ९०० रुपैयाँ घटेको हो  । 

 शुक्रबार तोलामा २ लाख ४९ हजार ७०० रुपैयाँ कायम रहेको छापावाल सुनको मूल्य आइतबार घटेर तोलामा २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ । 

यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा ३ हजार २८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?