नयाँ दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदै

लोकपथ
105
Shares

काठमाडौं । नयाँ दल दर्ताका लागि निर्वाचन आयोगले दिएको समय आज अन्त्य हुँदैछ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन तयारीस्वरूप आयोगले नयाँ दल दर्ताको समय आज साँझसम्म खुला राखेको हो ।

आयोगमा पहिलेबाट दर्ता भएका राजनीतिक दलले पनि निर्वाचन प्रयोजनका लागि पुनः दल दर्ता गराउनुपर्ने व्यवस्था छ । प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले दल दर्ता आह्वान गरिसकेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंसिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंसिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न सकिने आयोगले जनाएको छ ।

दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको नाम, आयोगमा दर्ता भएको मिति तथा अन्य आवश्यक कागजात पेस गर्नुपर्ने हुन्छ ।

यता फागुन २० गतेबाट राष्ट्रिय सभामा एक तिहाइ सदस्य रिक्त हुने भएकाले सोही पदपूर्तिका लागि माघ ११ गते निर्वाचन हुने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?