माइतीघरमा नयाँ सामाजिक व्यवस्था र संविधानको मागसहित वैज्ञानिक समाजवादी पार्टीको प्रदर्शन

लोकपथ
56
Shares

काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले नयाँ सामाजिक व्यवस्था र नयाँ संविधानको मागसहित शनिबार माइतीघरमा प्रदर्शन गरेको छ ।

दिउँसो आयोजित प्रदर्शनमा सहभागीहरूले जेनजी विद्रोहको मर्म आत्मसात गर्दै त्यसले उठाएको परिवर्तनको सम्भावनालाई नयाँ उचाइमा लैजानुपर्नेमा जोड दिए । 

उनीहरूले ‘विद्रोहलाई क्रान्तिमा रूपान्तरण गरौँ’, ‘भ्रष्टचारीलाई कारबाही गर’, ‘साम्राज्यवादका सबै रूपहरूसँग संघर्ष गरौँ’, ‘राष्ट्रिय स्वाधीनता र वैज्ञानिक मौलिकताको रक्षा गरौँ’, ‘वैदेशिक दलालहरू होसियार’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनकारीहरूले नयाँ संविधान निर्माण, सामाजिक रूपान्तरण, भ्रष्टाचारविरुद्ध कडा कदम, राष्ट्रिय स्वाधीनताको संरक्षणलगायतका माग अघि सारेका थिए ।

उनहरूले विद्यमान राजनीतिक संरचनाले जनताको चाहना पूरा गर्न नसकेको भन्दै नयाँ सामाजिक व्यवस्था आवश्यक भएको तर्क पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?