देशको विकास र स्थायित्वका लागि सबै दल र युवा एकजुट हुनुपर्छ : प्रदीप ज्ञवाली

लोकपथ
28
Shares
तस्विर: गुगल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले देशको राजनीतिक स्थायित्व र विकास सुनिश्चित गर्न सबै राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्ने बताएका छन् ।

प्रेस चौतारी गुल्मी शाखाद्वारा आज तम्घासमा आयोजित पत्रकार सम्मेलनमा नेता ज्ञवालीले देशको विकासको पहिलो सर्त राजनीतिक स्थायित्व रहेको बताए । उनले एमालेलाई आत्मबलका साथ पुनः ऊर्जाशील बनाउने, जनतासँग प्रत्यक्ष सम्पर्क कायम गरी उनीहरूको भावना बुझ्ने, र पार्टीलाई सुव्यवस्थित ढंगले रूपान्तरण गर्ने अभियान सुरु गरिएको जानकारी दिएका छन् ।

उक्त अवसरमा उनले हालैको ‘जेनजी आन्दोलन’मा घुसपैठ भएको र सुनियोजित ढंगले सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा आगजनी गरिएको टिप्पणी पनि गरेका छन् ।

ज्ञवालीले भने, ‘देश विकासको मार्ग प्रशस्त गर्न सबै दल र युवा एकसाथ भएर काम गर्नु जरुरी छ, अनि पार्टीलाई सशक्त र जनमुखी बनाउने अभियान जारी रहनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?