काठमाडौं । अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्रलाई व्यवस्थित गर्न सरकारको भूमिका बजारको स्वतन्त्रता कुण्ठित नगरी मार्गदर्शन मात्र गर्नु पर्ने बताएका छन् ।
हाल आयोजित छलफलमा उनले नेपालको अर्थतन्त्रको चरित्र परिवर्तन भएको र अब विगतमा जस्तो सरकारले डोहोर्याएर ठाउँ तोकिदिने शैली नरहेको बताए ।
अर्थमन्त्री खनालले नेपालको राजनीतिक र नीतिगत अस्थिरता अहिले मात्रको विषय नभएको उल्लेख गर्दै भने, ‘नेपालमा राजनीतिक अस्थिरता, नीतिगत अस्थिरता अहिलेको मात्र होइन । यो लामो समयदेखिको चरित्र हो। प्रत्येक पाँच–छ वर्षमा केही न केही दुर्घटना भोग्नुपरेको छ, कतिपय प्राकृतिक, आर्थिक र राजनीतिक। तर यस पटक प्रौद्योगिकीको प्रयोग गरेर तत्काल प्रतिक्रिया दिने प्रयास गरिएको छ, जसले लाखौँ मानिसलाई सँगै ल्यायो र द्रुत गतिमा सरकार गठन तथा रिकभरी तयारी सम्भव भयो। अब अर्थतन्त्रको चरित्र पुरानै शैलीको जस्तो छैन।’
उनले थपे, ‘बजारको स्वतन्त्रता कुण्ठित नगरी मार्गदर्शन गर्ने हाम्रो प्राथमिकता हो। छोटो अवधिमा सबै कुरा सम्पन्न गर्न नसकिने भन्दै रोकिँदा अर्थतन्त्र प्रभावित हुँदैन । आर्थिक र राजनीतिक नीतिले कहिले काहीँ बाटो भुलाउने भए पनि स्थिति निराशाजनक भने छैन ।’
खनालका अनुसार सरकारले अब अर्थतन्त्रलाई व्यवस्थित गर्न द्रुत, चुस्त र बजारमैत्री नीति अपनाउनेछ, जसले दीर्घकालीन विकासको बाटो प्रशस्त गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया