काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा अवैध रूपमा म्यारिज ब्यूरो सञ्चालन गरेको आरोपमा चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । व्यवसाय–सम्बन्धी भिसामा नेपाल आएका उनीहरूले विवाह–सम्बन्धी दलाली गर्दै आएको विशेष सूचनाका आधारमा अध्यागमन विभागको टोलीले छापा मारेर पक्राउ गरेको हो ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरिएको र अहिले विभागीय हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।
विभागका अनुसार उनीहरूले गरिब, विपन्न परिवार तथा विकट क्षेत्रका युवतीहरूलाई चिनियाँ नागरिकसँग विवाह गराउने कार्य गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । केही महिलालाई विवाहका नाममा चीनसम्म पठाइसकेको पनि तथ्य खुलेको विभागले जनाएको छ ।
पक्राउ पर्नेहरूमध्ये एक महिला र तीन पुरुष रहेका छन् । तीमध्ये केही व्यक्ति लामो समयदेखि विभिन्न प्रकारका भिसा प्रयोग गरी नेपाल आउजाउ गर्दै आएको पनि अनुसन्धानबाट पत्ता लागेको विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया