१८ दिनपछि सिंगापुरबाट फर्किए देउवा दम्पती, कावा सभापति खड्का र प्रवक्ता महतद्वारा स्वागत

लोकपथ
903
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा १८ दिनपछि सिंगापुरबाट फर्किएका छन् । कात्तिक १० गते उपचारका लागि सिंगापुर गाएका उनीहरू शुक्रबार राति स्वदेश फर्किएका हुन् । देउवा दम्पतीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्का र प्रवक्ता डा. प्रकाशशरण महत पुगेका थिए । 

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आफ्नै निवास बुढानीलकण्ठमा देउवा दम्पतीमाथि प्रदर्शनकारीहरूले आक्रमण गरी घाइते बनाएका थिए । त्यसको एक महिना चार दिनपछि सार्वजनिक भएका सभापति देउवाले असोज २८ गते केन्द्रीय कार्यसमिति बैठकमा पुगेर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । त्यसपछि उनीहरू थप उपचारका लागि सिंगापुर गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?