कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

लोकपथ
406
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भोलि शनिबार बस्ने भनिएको बैठक स्थगित भएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार शनिबार दिउँसो २ बजे बस्ने भनिएको बैठक आगामी मंसिर १ गते सोमबार दिउँसो २ बजे बस्नेछ । 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?