काठमाडौं । विदेशी पर्यटकलाई नेपाल भ्रमणमा सहजीकरण गर्ने बहानामा अनलाइन ठगी गरेको आरोपमा प्रहरीले एक व्यवसायीलाई पक्राउ गरेको छ ।
साइबर ब्युरोले सुर्खेत बराहताल गाउँपालिका–३ का ४० वर्षीय विशु सिञ्जालीलाई पक्राउ गरेको हो । उनी अल्टिट्युड राइडर्स प्रालिका संस्थापक हुन् ।
प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार, सिञ्जालीलाई रोल्पा प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौं ल्याइएको र अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ ।
अवस्थीले भने, अनुसन्धानमा सिञ्जालीले आफूको कम्पनीमार्फत पोल्यान्डका १३ जना पर्यटकलाई नेपालमा मोटरसाइकल राइड, खाना, बसाइ र अन्य सुविधा दिने भनी म्यासेन्जरमा सम्झौता गरी ठगी गरेको पाइएको छ ।’
विद्युतीय माध्यमसम्बद्ध ठगीको उजुरीपछि खोजतलास गर्दा उनी रोल्पामा फेला परेपछि पक्राउ गरी काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया