काठमाडौं । राप्रपा छाडेका सन्तोष परियार समेटिएको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानबिच मङ्सिर ७ गते एकता घोषणा हुने भएको छ।
नेसपा–नयाँ शक्तिका संयोजक दुर्गा सोव, प्रगतिशील जागरण अभियानका नेता सुदन किराती र सन्तोष परियारबिच एउटै पार्टी गठन गर्ने सहमति भएको हो । आगामी एकीकृत पार्टीको नाम र चुनाव चिन्ह पनि एउटै रहने उल्लेख गरिएको छ।
दुवै समूहले देश-विदेशमा रहेका प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी तथा देशभक्त शक्तिसँगै विशेषगरी जेनजी पुस्तालाई बृहत् राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन आह्वान गरेका छन् ।
त्यसैगरी, भ्रष्ट, अनैतिक र अहंकारी प्रवृत्तिलाई निर्वाचनमार्फत परास्त गर्न नयाँ तथा वैकल्पिक राजनीतिक शक्ति र युवापुस्तालाई हातेमालो गर्न पनि अपिल गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया