गभर्नर पौडेलको आशंका : कर्जा प्रवाह नबढ्नुको कारण कालोसूचि 

लोकपथ
1k
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले कालोसूचिमा राख्ने क्रम अस्वभाविका रुपमा बढेको भन्दै गम्भीर चासो देखाएका छन् ।  

शुक्रबार राजधानीमा भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर पौडेलले झन्डै १० लाख उद्यमी भएको देशमा डेढ लाख भन्दा बढी कालोसूचिमा राखिनु स्वभाविक नभएको बताए । उनले कालोसूचिमा राखेकै कारण कतै कर्जा लिनेको संख्या बढ्न नसकेको हो की भनेर राष्ट्र बैंकले छलफल थालेको समेत बताए । गभर्नर अधिकारीले चेक बाउन्सलाई धेरै नै अपराधीकरण गर्न नहुने बताए । 

गभर्नर पौडेलले लोन लस प्रोभिजनको समस्यालाई सम्बोधन गर्ने प्रयास भइरहेको बताए ।  उनले बैंकहरुलाई नै अप्ठ्यारो पार्ने खालको नीति भए त्यसलाई रिभ्यु गरिने प्रतिबद्धता जाहेर गरे ।  

गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई व्यवसायमा लगानी बढाउन समेत आग्रह गरे । उनले बैंक भनेको व्यवसाय नै रहेकाले बिजनेसमा इन्भेस्ट गर्नुपर्नेमा जोड दिए । उनकाअनुसार नयाँ उद्यमीहरू खोज्न अब चासो दिनुपर्छ । लगानीबिना आर्थिक समृद्धि हासिल नहुने भएकाले राष्ट्रिय अर्थतन्त्रलाई बल पुग्ने गरी लगानी बढाउनुपर्छ । 

देशको ग्रोथ नभई कसैको पनि उन्नति नहुने भन्दै पौडेलले इकोनोमी ग्रोथका लागि सबै लाग्नुपर्नेमा जोड दिए  । पछिल्लो समय उदाइरहेको आइटी क्षेत्रमा लगानी गर्न समेत पौडेलले बैंकहरुलाई आग्रह गरे । गभर्नर पौडेलले अरु देशमा रहेका नीतिहरुलाई समेत हेरेर नेपाललाई अनुकूल हुने पोलिसीहरु ल्याउन राष्ट्र बैंक तयार रहेको बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?