लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौँ अधिवेशन आह्वान

लोकपथ
21
Shares

काठमाडौैं  । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले मंसिर ८ गतेदेखि प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन आह्वान गरेका छन् । 

नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) बमोजिम मंसिर ८ गते सोमबार अपराह्न १ः०० बैठक हुने गरी प्रदेश प्रमुख घर्तीले अधिवेशन आह्वान गरेका हुन् । 

प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?