काठमाडौं । आगामी प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको छ ।
निर्वाचन आयोगले राष्ट्रियसभाका लागि मंसिर १ देखि ७ गतेसम्म र प्रतिनिधिसभाका लागि मंसिर १ देखि १० गतेसम्म दल दर्ता खुला गरेको हो ।
राष्ट्रियसभा निर्वाचन माघ ११ प्रतिनिधिसभा निर्वाचन फागुन २१ गतेका लागि तोकिइसकेको छ । फागुन २० गतेदेखि राष्ट्रियसभामा एक तिहाइ सदस्य रिक्त, हुने भएकाले माघ ११ का लागि निर्वाचन मिति तोकिएको हो ।
निर्वाचनमा भाग लिन चाहने दलहरूले केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, वार्षिक लेखा परीक्षण प्रतिवेदन तथा अन्य आवश्यक कागजातसहित आयोगमा निवेदन पेस गर्न भनिएको छ ।
यस्तै, प्रतिनिधिसभा निर्वाचनका लागि २ वा २ भन्दा बढी दल एकै चुनाव चिह्न लिएर भाग लिन चाहेमा त्यससम्बन्धी जानकारी पनि सोही निवेदनको साथमा बुझाउन भनिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया