राष्ट्रिय भवन संहिता कार्यान्वयनमा, भूमिगत संरचनासहित सबै निर्माणमा लागू

लोकपथ
182
Shares
तस्वीर गूगल

काठमाडौं । राष्ट्रिय भवन संहिता बिहीबार राजपत्रमा प्रकाशित भएसँगै औपचारिक रूपमा कार्यान्वयनमा आएको छ। नयाँ संहिता भूकम्पप्रतिरोधी भवन तथा संरचना निर्माणलाई थप व्यवस्थित र वैज्ञानिक बनाउने उद्देश्यसहित संशोधन गरिएको हो ।

सहरी विकास मन्त्रालयका अनुसार परिमार्जित संहिताले अब जलविद्युत् आयोजनाका बाँध, विद्युत्गृह, सुरुङलगायत भूमिगत संरचना निर्माणका लागि पनि स्पष्ट मार्गदर्शन प्रदान गर्नेछ।

मन्त्रालयले स्थानीय तह, इन्जिनियर तथा आम नागरिक सबैलाई संहिताको अक्षरशः पालना गर्न आग्रह गर्दै, सुरक्षित तथा दीर्घकालीन संरचना निर्माणका लागि यसलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?