काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ र उनको परिवारसँग माफी मागेका छन् ।
केही दिनअघि सुकुम्बासी बस्तीमा पुगेर प्रसाईँले काठमाडौं महानगरको डोजरले घर भत्काउन आए बालेनको घर घेर्न जान उर्दी जारी गरेका थिए । त्यती मात्र होइन बालेनको श्रीमतीलाई लछारपछार गर्न समेत भनेको विषयमा उनको आलोचना भएपछि उनले सार्वजनिक रुपमा माफी मागेका हुन् ।
बिहीबार साँझ एक भिडियो सार्वजनिक गर्दै प्रसाईँले भनेका छन्, ‘बालेनजीको परिवारप्रति बोलेकोमा म माफी माग्छु । मलाई माफी माग्न ठूलो कुरा होइन । मैले भावावेगमा आएर बोलेँ । तर बालेनजीलाई म एउटा प्रश्न गर्छु तपाईँ सक्नुहुन्छ भने पहिला नर्भिक हस्पिटलको जग्गा हडप्नुस् न । बालमन्दिरको जग्गा हटाउनुस् न पहिला त्यहाँ वृहस्पती स्कुल छ, जहाँ गरिब र अनाथ बच्चाहरु पढ्दै आइरहेका छन् । त्यो जग्गा कसले हड्पेको छ त्यो खाली गर्नुस् ।’
प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीलाई आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको मितिमा व्यवस्थाका विषयमा जनमत संग्रह गर्न आग्रह गरेका छन् । ०३६ सालमा तत्कालीन राजा वीरेन्द्रले जनमत संग्रह गरेको स्मरण गराउँदै उनले निर्वाचन घोषणा भएको फागुन २१ को मितिमा जनमत संग्रह गर्न आग्रह गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया