सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

लोकपथ
147
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा संयन्त्रलाई चुस्त बनाउन निर्देशन दिएका छन् ।

गृहमन्त्री अर्यालले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई दज्यार्नी चिह्नबाट विभूषित गर्दै प्रहरी संगठनको मनोबल उच्च राख्दै जिम्मेवार नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् ।

उनले निर्वाचनको सुरक्षामा कुनै कमजोरी नआओस् भनेर संगठनात्मक तालमेल र तत्कालीन संवेदनशीलता अनुरूप काम गर्न निर्देशनसमेत दिएका छन् ।

त्यसक्रममा आईजीपी कार्कीले सरकारको निर्देशनअनुसार शान्ति–सुरक्षा कायम गर्न दत्तचित्त भई खटिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले प्रहरी संगठन सधैँ कानूनको शासन र नागरिक सुरक्षाका पक्षमा अग्रसर रहने बताए ।

यसैबीच, गृहमन्त्री अर्याल र आईजीपी कार्कीले जेनजी आन्दोलनका घाइते तथा प्रतिनिधिसँग पनि भेट गरेका छन् । भेटमा घाइतेहरुले उपचारको व्यवस्था र जेनजीका न्यायोचित माग सम्बोधन गर्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?