काठमाडौं । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले अध्यागमन विभाग तथा कार्यालयको अवलोकन गरेको छ ।
बिहीबार समितिले विभाग तथा कार्यालयको अवलोकन गरेको हो । विभागको अवलोकनपछि विभागका महानिर्देशक रामचन्द्र तिवारीले अध्यागमन प्रशासनको काम, कारबाही र अधिकारबारे समिति सदस्यहरूलाई जानकारी गराएका हुन् ।
विभागले विदेशी नागरिकलाई आवागमन अनुमति दिने भए पनि नेपाल रहँदा उसले गर्ने गतिविधिको निगरानी गर्ने क्षमता अध्यागमनसँग नरहेको बताए । उनले विदेशी नागरिकको निगरानीको सवालमा राज्यको कुनै पनि निकायमा छलफलको विषय नभएको उनको भनाइ छ ।
उनले नेपाली नागरिकलाई विदेश भ्रमणमा कडाइ गर्ने तर विदेशी नागरिक जस्तो भए पनि नेपाल प्रवेश गर्ने कुरामा कुनै रोकतोक नगर्ने कुरामा राज्यतर्फबाटै स्वीकारोक्ति रहेको बताए । उनले अध्यागमनलाई थप प्रभावकारी काम गर्न सक्षम बनाउने गरी क्षमता विकासका लागि पहल गरिदिन समितिलाई आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया