प्रगतिशील राष्ट्रिय अभियानले भन्यो : फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैन

लोकपथ
189
Shares

काठमाडौं । पूर्व मन्त्री जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले फागुन २१ मा निर्वाचन गर्नुको विकल्प नरहेको बताएका छन् । 

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियानले फागुन २१ मा निर्वाचन गर्नुको विकल्प नरहेको बताएको हो । 

पत्रकार सम्मेलनका क्रममा बोल्दै पूर्व मन्त्री सुदन किराँतीले फागुन २१ मा कुनै पनि हालतमा निर्वाचन हुनुपर्ने बताए । नेपालको संविधान यतिबेला ट्रयाक भन्दा बाहिर रहेको भन्दै ट्रयाकमा फर्काउन निर्वाचनको विकल्प नभएको  उनको भनाइ छ  । लोकतन्त्रमा निर्वाचन बाहेक अर्को उपाय हुन नसक्ने भन्दै उनले आगामी निर्वाचनबाट विगत ३५ वर्ष यता सत्तामा रहेका अनुहारलाई विस्थापन गर्नुपर्ने जरुरी रहेको बताए ।  

उनले भने, ‘फागुन २१ गते कुनै पनि हालतमा निर्वाचन हुनैपर्छ । नेपालको संविधान यतिबेला ट्रयाक भन्दा बाहिर छ । त्यसलाई हामीले ट्रयाकमा फर्काउनैपर्छ । लोकतन्त्रमा निर्वाचन बाहेक अर्को उपाय हुनै सक्दैन । त्यो निर्वाचनमा एउटै अनुहार विगत ३५ वर्षदेखि एउटै अनुहार म्युजिकल चियरको रूपमा गेम खेलिरहेका अनुहारलाई नेपाली जनतासँग एकताबद्ध भएर बिदा गर्नेछौँ । ’

किराँतीले नेपालमा असमानता, गरिबीको अन्त्य गर्न चाहनेहरूसँग एकता हुने बताए । नेपाली कम्युनिस्ट पार्टीसँग कुनै एकता नहुने उनको दाबी छ । आजको आवश्यकता रूपान्तरण र पुस्तान्तरणको भएको बताए । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले समाजवाद, शहीद लगायतको नाममा आफ्नो स्वार्थपूर्ति गर्ने काम गरेको आरोप लगाए  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?