काठमाडौं । नवनियुक्त नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बिहीबार दर्ज्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयमा आयोजित विशेष समारोहका बिच उनलाई गृह सचिव रामेश्वर दंगालले दर्ज्यानी चिह्न लगाइ दिएका हुन् ।
कार्की प्रहरी संगठनका ३३औँ आईजीपी हुन् । उनले बिहीबारदेखि नै आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।
सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत कार्कीलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरेको थियो । यसअघि आईजीपी चन्द्र कुवेर खापुङ ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश प्राप्त गरेका छन् ।
कार्की २०५४ चैत १८ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । प्रहरी ऐन र नियमावलीमा फेरबदल नभएमा कार्कीले २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया