झापा । जेनजी आन्दोलनको क्रममा झापा कन्काई नगरपालिका-३ स्थित इलाका प्रहरी कार्यालय सुरुङ्गामा तोडफोड र आगजनी गर्ने तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा शिवसताक्षि नगरपालिका-१० का ३१ वर्षीय संजय बस्नेत, २५ वर्षीय कुशल तिम्सिना र कन्काई नगरपालिका-३ का २५ वर्षीय विष्णु विश्वकर्मा रहेका छन् ।
गत भदौ २४ गते उक्त प्रहरी कार्यालयको भवनमा साना–ठूला सवारीसाधन र सञ्चार सेट तोडफोड गरी आगजनी गरिएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा ती तीन जनाको संलग्नता खुलेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
उनीहरूविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया