काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन् ।
बुधबार भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रमपछि बोल्दै उनले भने, ‘१२ वटा समूह एक ठाउँमा आइसक्यौँ। केपीले हावा कुरा गर्छन्, एमाले छोडेर सबै यता आउँछन् ।’
दाहालले नेपाली कम्युनिष्ट पार्टीमा हालसम्म १२ वटा राजनीतिक दलहरू समाहित भइसकेको पनि जानकारी गराएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै हावादारी कुरा गर्ने बताएका छन् ।
गत कार्तिक १९ गते, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितका विभिन्न राजनीतिक दल र समूहहरूले नेपाली कम्युनिष्ट पार्टीमा एकीकरण गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया