काठमाडौं । आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उपसचिव हुँ भन्दै किर्ते कागजात खडा गरी धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–४ घर भई हाल काठमाडौंको तारकेश्वरमा बस्दै आएका ३७ वर्षीय ऐभान बहादुर महरा रहेका छन् ।
प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरी खानतलासी गर्दा उनको साथबाट विभिन्न सरकारी कार्यालयका महत्वपूर्ण लेटरप्याड समेत बरामद गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनी राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी हुन् ।
एसपी भट्टराईका अनुसार उनको साथबाट राज्यमन्त्रीको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लेखिएको ३ थान लेटरप्याड, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय लेखिएको एक थान लेटरप्याड, विभिन्न बैंकको स्टेटमेन्ट र एटीएम, राष्ट्रिय वाणिज्य बैंकको डेप्यूटी म्यानेजर लेखिएको परिचयपत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लेखिएको अंग्रेजी लेटरप्याड तथा अन्य कागजात समेत बरामद गरिएको छ ।
महराले आफूलाई उपसचिव हुँ भन्दै विभिन्न व्यक्तिहरुलाई धम्की दिने र बार्गेनिङ गर्ने गरेको समेत खुल्न आएको एसपी भट्टराईले जानकारी दिए । साथै उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया