काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका तीन कैदी पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरु तीनै जना फरकफरक मुद्दामा सजाय भुक्तान गरिरहेका व्यक्तिहरु रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
जिपक्रा ललितपुरका अनुसार पक्राउ पर्नेहरुमा रामेछापका अनिल तामाङ, झापाका किरण सिंह सुवेदी र ललितपुरका गोदावरी (ए) बहादुर (परिवर्तित नाम) रहेका छन् ।
पक्राउ परेकामध्ये तामाङ सवारी अंगभंग मुद्दामा पुर्पक्षका लागि थुनामा रहेको थिए, भने उनलाई मंगलबार पक्राउ गरिएको हो । त्यस्तै सोमबार पक्राउ परेका सुवेदी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ७ वर्ष सजाय तोकिएकोमा ५ वर्ष भुक्तान गरेका र २ वर्ष बाँकी रहेको प्रहरीले जनाएको छ । त्यस्तै २६ वर्ष सजाय तोकिएका गोदावरी (ए) बहादुर हाडनातामा जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका थिए । उनलाई मंगलबार नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया