मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेसका ७४ सांसदले पेस गरेकाे रिट दर्ता, बुधबार पेसी

लोकपथ
140
Shares

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध ७४ जना प्रदेशसभा सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध दायर गरिएको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको हो ।

उक्त रिटको पेसी बुधबार, कात्तिक २६ गतेका लागि तोकिएको छ।

गत आइतबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । तर विपक्षी दलहरूले यस प्रक्रिया संविधान विपरीत भएको दाबी गर्दै विरोध जनाएका थिए ।

सम्बन्धित घटनापछि कांग्रेससहितका दलहरू आक्रोशित बनेका थिए । सोमबार बिहान बिरामी भएको बहानामा काठमाडौं जाँदै गरेको भन्दै यादवलाई महोत्तरीको बर्दिबासस्थित पानस होटलमा शपथ ग्रहण गराइएको थियो ।

त्यसपछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?