हाडनाता करणीमा २५ वर्ष जेल सजाय सुनाइएका कालीबाबा पक्राउ 

जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कालीबाबाको अझै १४ वर्ष कैद सजाय बाँकी

लोकपथ
1k
Shares

काठमाडौँ । जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका हाडनाता करणीमा २५ वर्ष जेल सजाय सुनाइएका कालीबाबा भनिने भरत लामिछाने पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउ परेका लामिछानेलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि नख्खु कारागार पठाइसकेको छ ।

हाडनाता करणीमा उनलाई काठमाडौं जिल्ला अदालतले २५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएकोमा उच्च अदालत पाटनले पनि त्यसलाई सदर गरेको थियो । उनको अझै १४ वर्ष कैद सजाय बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?