११.११ अभियानमा महालक्ष्मी विकास बैंकका ग्राहकलाई दराजमा विशेष अफर

लोकपथ
49
Shares

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र दराज नेपालबिच ११.११ अभियानका लागि सहकार्य भएको छ । बैंकका ग्राहकलाई विशेष अफर तथा आकर्षक छुट दिन दराजसँग सहकार्य भएको हो ।

विश्वव्यापी रूपमा मनाइने ११.११ अभियानमार्फत बैंकले आफ्ना डिजिटल बैंकिङ सेवाहरूलाई अझ विस्तार गर्ने नीति अनुरूप दराज नेपालसँग सहकार्य गरेको जनाएको छ ।

सहकार्यअनुसार २०८२ कार्तिक २५ गतेदेखि मंसिर ५ गतेसम्म महालक्ष्मी विकास बैंकका डेबिट र क्रेडिट कार्डवाहकहरूले दराजमार्फत सामान खरिद गर्दा विशेष छुट पाउनेछन् ।

बैंकका अनुसार, डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले १५ प्रतिशत वा अधिकतम १,५०० रुपैयाँसम्म छुट पाउने छन् भने क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुटका लागि ग्राहकहरूले दराजमा उपलब्ध भौचर संकलन गर्नुपर्नेछ ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई ‘पहिले आउनेलाई प्राथमिकता’का आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ । बैंकले यस सहकार्यबाट ग्राहकहरूसँग डिजिटल रूपमा जोडिन, भुक्तानी प्रक्रियालाई सहज र सुनिश्चित बनाउन तथा डिजिटल नवप्रवर्तनमार्फत ग्राहक सन्तुष्टिमा वृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ ।

त्यसैगरी, बैंकले हालै आफ्ना क्रेडिट कार्डवाहकका लागि नयाँ योजना सुरु गरेको छ, जसअन्तर्गत विभिन्न ट्राभल एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्न सकिनेछ । सो टुर प्याकेजको मूल्य बराबरको रकमलाई ६ देखि १२ महिनासम्मको लचिलो अवधिमा मासिक किस्तामा भुक्तान गर्न सकिने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?